मधेशका रास्वपा सांसदसँग रविले गरे सामूहिक छलफल

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बुधबार आयोजित छलफलमा मधेश प्रदेश अधिवेशनको तयारी, संगठन विस्तार र प्रदेशस्तरीय गतिविधिबारे कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभापति लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग प्रदेश अधिवेशनलाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा सुझाव तथा धारणा आदानप्रदान गरेका थिए ।

छलफलमा मधेश प्रदेशमा पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध थप मजबुत बनाउने रणनीति तथा समसामयिक राजनीतिक विषयहरूबारे पनि विचारविमर्श भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?