सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का पुनः निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनका प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत र नन्दकिशोर बस्नेतले ३५ मत पाए ।
खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा थिए । पार्टीभित्र केही विवाद र असहमतिका बीच भएको निर्वाचनबाट उनी फेरि सभापतिमा चयन भएका हुन् ।
रास्वपाको पहिलो प्रदेश अधिवेशन आइतबारदेखि सुरु भएको थियो । सोमबार साँझसम्म नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि मंगलबार मतदान गरिएको थियो ।
अधिवेशनमा ५३० प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये ४०० जनाले मतदान गरेका थिए ।
मतदानपछि सभापतिका उम्मेदवार नन्दकिशोर बस्नेतले प्रतिनिधि छनोट प्रक्रिया निष्पक्ष नभएको भन्दै अधिवेशन स्थगित गर्न पार्टीको केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया