मन्त्री बन्नेबारे महावीर अनविज्ञ, ‘नपत्याए मोबाइल खोलेर देखाइदिन्छु’

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले पूर्वमन्त्री महावीर पुनलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

बालेनले महावीरलाई उनको विज्ञता अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिको तयारी गरेका हुन् ।

तर महावीरले भने आफूलाई कुनै पनि जानकारी नआएको दाबी गरे । मंगलबारको प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा पुनले आफूलाई त्यसबारे केही थाहा नभएको, सामाजिक सञ्जालमा हल्ला भएको मात्रै थाहा भएको बताए ।

‘अहिले आविस्कार केन्द्रमा काम परेर एकैछिनमा फर्किने गरेर जाँदैछु । भाइहरुले भनेको कुरो के हो कसो हो मैले पनि सून्या छैन । म सदनमा आएको हो, मलाई धेरैले फोन गरे, मैले मलाई थाहा छैन भनेँ । तर सामाजिक सञ्जालमा बधाइको ओइरो आइरहेको छ,’ उनले भने ।
पत्र आएको छैन प्रधानमन्त्री राष्ट्रपति कार्यालयबाट भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म केही आएको छैन । पत्याउँदैनौ भने म मोबाइल खोलेर देखाइदिन्छु ।’

त्यसो त महावीर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री भएर काम गरेका थिए । फागुन २१ को निर्वाचन अगावै उनले राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्रबाट प्रत्यक्षमा चुनाव जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?