पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला सभापति चयन प्रक्रिया अन्ततः दोस्रो चरणमा सर्वसम्मत सहमतिबाट टुंगिएको छ । पाँच जनाबीच प्रतिस्पर्धा भए पनि पहिलो चरणमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि नेतृत्व चयन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको थियो ।
पहिलो चरणको मतदानमा अशोक सापकोटाले सर्वाधिक ६९ मत प्राप्त गरेका थिए। त्यसपछि भोलानाथ शर्माले ४९ मत, हरिबहादुर धितालले ३३ मत, विजय रञ्जन पौडेलले १६ मत र नवराज पहाडीले ७ मत प्राप्त गरेका थिए ।
रास्वपा विधानअनुसार बहुमत नआएमा शीर्ष दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था भए पनि दोस्रो स्थानमा रहेका शर्माले सापकोटालाई समर्थन जनाएपछि सर्वसम्मत रूपमा सापकोटा सभापतिमा चयन भएका हुन् ।
त्यसैगरी उपसभापतिमा सन्तोषी गौली ८६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ मत र बाबुराम अधिकारीले १९ मत प्राप्त गरे ।
सचिव पदमा मिना खड्काले ११९ मत प्राप्त गर्दै विजयी भएकी छन् । ज्ञानेन्द्र शर्माले २८ मत र मिलन शर्मा दनाईले २५ मत पाए ।
सहसचिवमा गोविन्दबहादुर घले ६६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ मत र महेन्द्रबहादुर थापाले ४० मत प्राप्त गरे ।
त्यसैगरी सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया