बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना

लोकपथ
56
Shares

काठमाडौं । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को २९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले बिमस्टेकलाई दक्षिण एशियाली क्षेत्रको विविधता, ऊर्जा र साझा हितलाई जोड्ने महत्वपूर्ण मञ्च भएको बताएका छन् । उनले सदस्य देशबीच आर्थिक सहकार्य बढाउन, यातायात, व्यापार र डिजिटल सञ्जाल विस्तार गर्न बिमस्टेकले ठूलो भूमिका खेलेको उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले बिमस्टेकको वास्तविक शक्ति यसका नागरिकमा रहेको बताए । उनले पर्यटन प्रवर्द्धन, युवा र उद्यमीका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपत्तिसँग जुध्ने क्षमता विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले विपद् व्यवस्थापन र आर्थिक समृद्धिका लागि सदस्य राष्ट्रसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?