काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधन (ईभी) का सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो ।
सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेको भन्दै तत्काल छानबिन समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन् ।
समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उनले जानकारी दिइन् ।
‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन हामी अनुरोध गर्दछौँ,’ दाहालको भनाइ रहेको छ ।
यो पनि…
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया