काठमाडौं । ‘तुलसा कलेक्सन’का नामले परिचित तुल्सी अधिकारीविरुद्ध दायर मुद्दामा थुनछेक बहस नसकिएपछि सुनुवाइ आज पनि जारी रहने भएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा भइरहेको सुनुवाइमा हिजोदेखि जारी बहस नसकिएपछि बाँकी प्रक्रिया आज हुने भएको हो ।
हिजो सरकारी पक्षको जवाफी बहस र प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि थुनछेक बहस टुंगिने तयारी थियो, तर समय अभावका कारण पूरा हुन सकेन ।
अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दा दायर गरिएको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो ।
सातदोबाटोस्थित हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमोरियाले २०८२ साउन २४ गते अधिकारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । जाहेरीपछि उनी फरार रहेको अवस्थामा पक्राउ परेकी हुन् ।
यस मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया