काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामलाई संकेत गर्दै उनले आन्दोलन अहिले कठिन मोडमा पुगेको बताएका हुन् ।
उपाध्यक्ष पौडेलले विसं २००६ सालदेखि हालसम्मको कम्युनिस्ट आन्दोलनको इतिहास मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
उनले भदौ २३-२४ का राजनीतिक घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो क्षति बेहोरेको टिप्पणी गरे ।
उनले वर्तमान परिस्थितिलाई आत्मसमीक्षा र शिक्षाको अवसरका रूपमा लिनुपर्ने बताउँदै आन्दोलन पुनः उठ्ने विश्वास व्यक्त गरे ।
जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित भएर नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्ने उनको भनाइ थियो ।
पौडेलले केही व्यक्तिले कम्युनिस्ट आन्दोलन अब उठ्न नसक्ने र सधैँका लागि समाप्त हुने अनुमान तथा कामना गरिरहेको उल्लेख गर्दै त्यसलाई गलत साबित गर्ने दाबी गरे ।
उनले पार्टीले असफलताबाट शिक्षा लिएर पुनः संगठित हुँदै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया