महोत्तरीमा डाँका समूहको गोली प्रहार, दुई जना घाइते

लोकपथ
49
Shares

जनकपुरधाम । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहको गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित राम विश्वास आदबको घरमा मंगलबार राति डाँका चोरी भएको प्रहरीले जनाएको छ ।

डाँका समूहले गोली चलाउँदा घरधनी राम विश्वास आदबका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको हो ।

घाइते दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?