काठमाडौं । थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीको ललितपुर जिल्ला अदालतमा बयान सुरु भएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान सुरु भएको हो । प्रहरीले उनलाई सोमबार अदालतमा उपस्थित गराएको थियो ।
अधिकारीविरुद्ध दायर मुद्दामा बयान प्रक्रिया सकिएपछि थुनछेक बहस हुने अदालत जनाएको छ ।
थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेबारे आदेश दिनेछ ।
यो पनि : टिकटकर तुल्सी अधिकारी थाइल्याण्डबाट पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया