सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा २८ उम्मेदवारको दरखास्त स्वीकृत

लोकपथ
21
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि परेको २८ जनाको दरखास्त स्वीकृत गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार दरखास्त दिएका उम्मेदवारहरूको आवेदन आवश्यक प्रक्रिया पूरा भएको भन्दै स्वीकृत गरिएको हो । यस पदका लागि यसअघि २०८३–०२–०९ मा विज्ञापन आह्वान गरिएको थियो ।

स्वीकृत उम्मेदवारहरूको सूचीमा अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौं), आलोक कुमार तिवारी (कपिलवस्तु), लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौं), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली) लगायत छन्।

त्यसैगरी मनोहरि थापा (उदयपुर), सुरेश शर्मा (काठमाडौं), चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर केसी (काठमाडौं), नवराज सापकोटा (काठमाडौं), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ) र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि सूचीमा समावेश छ।

यस्तै सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौं), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार
(नुवाकोट) पनि स्वीकृत सूचीमा छन् ।

मन्त्रालयका अनुसार अब अध्यक्ष चयन प्रक्रिया अर्को चरणमा अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?