काठमाडौं । जेठ १७ गते आइतबार प्रतिनिधि सभामा भएको घटनाका विषयमा छानबिन गर्न छानबिन समिति गठन भएको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा अमर्यादित क्रियाकलाप गर्ने सांसदहरुबारे छानबिन गर्न समिति गठन गरेको जानकारी गराए ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहेको समिति गठन गरिएको हो ।
उक्त समितिलाई जाँचबुझ गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समेत भनिएको छ ।
साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउने समेत चेतावनी सभामुख अर्यालले दिए ।
आइतबारको प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरुले वेल घेराउ गरेका थिए । केही विपक्षी दलका सांसदहरुले सभामुखको आशनमा नै धक्का पुर्याउँदै कुर्सीमाथि चढेर सभामुखको आशनतर्फ आक्रमणको समेत प्रयास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया