काठमाडौं । सरकारले विभिन्न निकायमा अनावश्यक रूपमा प्रयोग भइरहेका सवारीसाधनहरू फिर्ता गरेको छ । सरकारले हालसम्म ७०१ वटा सवारी फिर्ता गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय लगायतका निकाय र तल्लो निकायमा समेत अनावश्यक रूपमा प्रयोग भइरहेका सवारीहरू सरकारले फिर्ता गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट २६, अर्थ मन्त्रालयबाट १२४, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १६, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट १६, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ८ वटा सवारीसाधन फिर्ता गरिएको हो ।
सरकारले विभिन्न संवैधानिक आयोगबाट समेत सवारीसाधनहरू फिर्ता मगाएको छ । जसअनुसार निर्वाचन आयोगबाट १५, लोकसेवा आयोगबाट २५ वटा सवारीसाधन फिर्ता ल्याएको छ ।
वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार आइसकेपछि विभिन्न निकायमा अनावश्यक प्रयोग भइरहेको सवारीसाधन फिर्ता गर्ने कामलाई तीव्रता दिइरहेको छ ।
यसअघि दोहोरो सुविधामा सवारीसाधन लिने पूर्व विशिष्टहरुबाट समेत सवारी साधन फिर्ता लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया