बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ : राष्ट्रपति पौडेल

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने  बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले सो कुरा  बताएका हुन् । 

बुद्धका अहिंसामैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने राष्ट्रपति पौडेलको भनाई थियो । 

आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा बुद्धको उपदेशहरु अझ सान्दर्भिक बन्दै गएको पनि स्पष्ट पारे  । 

राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनकाे परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन हामीले सक्नुपर्ने  बताएका छन्   । 

उनले भने, ‘शान्तिका दुत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन हामीले सक्नुपर्दछ । हाम्रो देश नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गर्नु भएको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रूपमा फैलिएको छ । उहाँले देखाउनु भएको चातुर्य, सत्य, र आर्य अष्टांगित मार्गले विश्वका सबै प्राणीहरूको दुःखबाट मुक्तिको बाटो देखाएको छ । आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धको उपदेशहरु अझ सान्दर्भिक बन्दै गएका छन् । शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिनसक्छ भन्ने हाम्रो विश्वास छ । हामीले बुद्धका अहिंसा, मैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिन्छ ।’ 

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?