रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।
त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नयाँ अधिवेशन सुरु भएसँगै प्रदेशका समसामयिक विषय, विकास निर्माणका योजना तथा नीतिगत मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ । साथै, प्रदेश सरकारका कामकारबाही, बजेट कार्यान्वयन तथा जनसरोकारका विषयहरू पनि यस अधिवेशनमा उठ्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया