काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका छन् ।
सोमबार सर्वसम्मत रूपमा दलको नेता बनेका आङ्देम्बे मंगलबार बिहान खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए । भेटका क्रममा खड्काले संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।
खड्काले अहिलेको संसद्मा नेपाली कांग्रेस दोस्रो ठूलो दल भएकाले आङ्देम्बेको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । उनले संसद्को समग्र प्रक्रियामा सशक्त भूमिका निभाउन आग्रह गरे ।
त्यस्तै, खड्काले आङ्देम्बेलाई संवैधानिक परिषद्को सदस्यका रूपमा पनि प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् ।
शुभकामना दिँदै खड्काले आङ्देम्बेको कार्यकाल सफल होस् भन्ने कामना समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया