नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

लोकपथ
70
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको उत्कृष्ट पारी खेले । दबाबबीच उनले इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए ।

यस्तै कुशल भुर्तेलले २४ रन, करण केसीले २२ रन, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोडे । भीम सार्कीले १० रन बनाउँदा आसिफ शेख ७ रन र कप्तान रोहित पौडेल २ रनमै आउट भए ।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले समान ३–३ विकेट लिए । खुजैमा तनवीरले २ विकेट हात पारे भने हैदर अली र मुहम्मद शहदादले १–१ विकेट लिए ।

अब यूएईले जितका लागि २०१ रनको लक्ष्य पछ्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?