काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विदेशमा रहेका सबै नेपालीलाई आउँदो निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन् , ‘प्रवासी नेपालीहरूले प्राकृतिक विपत्ति, भूकम्प, द्वन्द्व र कोभिड–१९ जस्ता संकटमा देशलाई धेरै सहयोग गर्नुभएको छ। अबको चुनावमा पनि जिम्मेवार निर्णय लिनुहोस् ।’
विदेशबाट मतदान गर्न सकिने अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । उनले कांग्रेसले नयाँ पुस्ताको माग अनुसार राजनीतिक र प्रशासनिक सुधार सुरु गरिसकेको र प्रवासी नेपालीसँग सहकार्यको अवधारणा अघि बढाएको जानकारी दिए ।
शर्माका अनुसार, बुढी गण्डकी १२०० मेगावाट जलविद्युत् आयोजनामा प्रवासी नेपालीको लगानी र सहभागिता सुनिश्चित गर्ने योजना छ ।
विदेशमा रहेका नेपालीलाई आग्रह गर्दै उनले मत दिनुअघि प्रश्न गरेर स्पष्ट भएर मात्र निर्णय लिन आग्रह गरे । शर्मा भन्छन्, ‘कांग्रेससँगको असन्तुष्टि भए पनि चुपचाप मत हाल्नु हुँदैन । प्रश्न गर्नुहोस्, स्पष्ट हुनुहोस्, अनि मात्रै मतदान गर्नुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया