एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुई पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेको झण्डा जलाएको आरोपमा दाङको तुलसीपुरमा थप दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय विक्रम परियार र तुलसीपुर–४ का रमेश राना मगर रहेका छन् ।

उनीहरूलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पनि पक्राउ गरिसकेको थियो । हालसम्म पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार दाङको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएका थिए । रास्वपा सभापति रवि लामिछाने सुुर्खेतबाट दाङ जाने क्रममा स्वागतका लागि रास्वपाका कार्यकर्ताहरु उपस्थित रहेका थिए । सो क्रममा उनीहरुले एमालेको झण्डा जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?