कांग्रेसले बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई कारबाही गर्ने

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसले देशका विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भएको छ ।

कांग्रेसको शुक्रबार बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण कपिलवस्तु लगायतका जिल्लामा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । यसबिचमा कांग्रेसले धेरैलाई सचेत समेत गराएको छ ।

‘बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावकरसमर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भयो,’ कार्यवाहक मुख्यसचिव दुलालले भनेका छन् ।

त्यस्तै आजको बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ लाई समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?