भव्यताका साथ मनाइयो प्रजातन्त्र दिवस [तस्बिरहरु]

लोकपथ
21
Shares

काठमाडौं । नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ ।

यो दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । 

नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा मार्च पास, झाँकी, सांस्कृतिक नृत्य तथा सांगीतिक धुनहरू प्रस्तुत गरिएका थिए । 

राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?