काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका लागि नयाँ सत्ता समीकरण आवश्यक परेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया