निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि जाँदै गरेको सेना चढेको बस दुर्घटना, ९ को अवस्था गम्भीर

लोकपथ
476
Shares

भोजपुर । भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना४ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो ।

भोजपुर नगरपालिका–४ दावाँस्थित सेती बगर सडकबाट सो बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।

बसमा २६ जना यात्रारत थिए । २६ मध्ये एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । 

गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?