काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै भुर्तेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको बताइन् ।
उनले गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी थिइन् ।
युवाहरुलाई प्राथमिकता दिनेदेखि जान्नेलाई छान्ने नीति लिएको रास्वपाका गतिविधिहरुमाथि आफूलाई शंका लागेको भन्दै पार्टी परित्यागको घोषणा गरेकी हुन् । साथै आफूहरु पार्टीमा निरन्तर खटिएको, क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको साथै आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप समेत उनले लगाएकी छन् ।
‘संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतस् आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्य माथी आंच आउने परिस्थिति बनेको छ,’ उनले भनेकी छन् ।
भुर्तेल गत निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार बनेकी थिइन् । गत निर्वाचनमा रास्वपाले देशभर ११ जना महिला उम्मेदवार उठाएकोमा मधेशका ३२ वटा क्षेत्रमध्ये भुर्तेल एक्ली उम्मेदवार थिइन् ।
त्यसो त मधेश प्रदेशकी रास्वपा संस्थापक सभापति ममता शर्माले समेत पार्टी परित्यागको घोषणा गरेकी छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका धेरै नेताहरुले पार्टी परित्याग गरिरहेका छन् । मधेशबाट राम्रो मत प्राप्त गर्ने आँकलन गरिरहेको रास्वपाका लागि नेताहरुको निरन्तर पार्टी परित्यागको लहर चल्दा रास्वपालाई मधेशमा थप धक्का लाग्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया