काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले देशभरबाट प्राप्त रिपोर्टको आधारमा यस्तो निष्कर्षमा पुगेको बताए ।
सापकोटाले सबै सञ्चार माध्यमले निष्पक्ष समाचार प्रदान गर्ने विश्वास व्यक्त गर्दै नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएकोमा जोड दिए ।
उनले भने, ‘आज विहानको रिपोर्ट अनुसार र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने रिपोर्ट देशभरीबाट आइरहेको छ ।’
सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै गम्भीर रहन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया