फेरि कांग्रेसतिरै फर्किए जितेन्द्र नारायण देव

लोकपथ
133
Shares

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र नारायण देव पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।

यसअघि नेपाली कांग्रेसबाटै राष्ट्रिय सभा सदस्य बनिसकेका जितेन्द्र २०८१ मा एमाले प्रवेश गरेका थिए । पूर्वमन्त्री एवं संविधान सभा सदस्य समेत रहेका जितेन्द्रले विशेष महाधिवेशनले कांग्रेस थप सुधार भएर अघि बढेको भन्दै आफू कांग्रेसमा नै फर्किएको दाबी गरे ।

सभापति गगनकुमार थापाको नेतृत्वप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उनले बताए ।

‘मलाई पूर्ण विश्वास छ विशेष महाधिवेशनले पारित गरेको नवीन नीति तथा नयाँ अग्रगणकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रुपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढंगले अघि बढाउनेछ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्नेछ,’ कांग्रेस नेतृत्वप्रति भरोसा राख्दै उनले भनेका छन् ।

कम्युनिष्ट पृष्ठभूमीबाट राजनीतिमा प्रवेश गरेका जितेन्द्र विभिन्न दलहरु चहार्दै कांग्रेसमा आएका थिए । तर कांग्रेसबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएको केही समयपछि नै उनी एमालेतिर लागेका थिए ।

कांग्रेस प्रवेश गर्ने तयारीका साथ उनी गत माघ १९ गते एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?