आज के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
210
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला ९ सय  रुपैयाँले घटेको हो । 

अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार  ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

 त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । 

हिजो सोमबार ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी  आज २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?