काठमाडौं । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित एमाले नेतृ रामकुमारी झाँक्रीले निर्वाचन आयोगमा खर्च विवरण बुझाएकी छन् ।
लुम्बिनी प्रदेशबाट निर्वाचित झाँक्रीले विभिन्न प्रयोजनमा भएको खर्च शीर्षक खुलाएर विवरण बुझाएकी हुन् ।
जसअनुसार उनको कुल खर्च २ लाख ३६ हजार रुपैयाँ रहेको देखिन्छ ।
झाँक्रीले निर्वाचनमा आयोगमा बुझाएको विवरण अनुसार मतदाता नामावली खरिदका लागि ३ हजार, सवारी साधनमा ६० हजार, ईन्धनमा १५ हजार, प्रचारप्रसार सामग्रीमा ५ हजार रहेको छ । त्यस्तै गोष्ठी तथा कार्यकर्ता परिचालनका लागि १ लाख २० हजार, अन्य प्रचारप्रसार, छाप एवं विद्युतीय माध्यमका लागि ५ हजार, कार्यालय सञ्चालनका लागि १५ हजार, प्रतिनिधि परिचालनका लागि १० हजार र अन्य विविध खर्चमा ३ हजार रुपैयाँ खर्च गरिएको विवरण उल्लेख गरिएको छ ।
हरेक निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारहरुका लागि खर्चको दायरा तोकिदिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया