कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको पहिलो बैठक, बागी उम्मेदवारलाई फिर्ता लिन दबाब

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी शुक्रबार बस्ने गरी केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ । 

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो । 

यो बैठकको मुख्य एजेन्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।  कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आशीष शर्मासहित ३ जना रहेका छन् । 

उनीहरूलाई एकपटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने र त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?