मध्यपहाडी लोकमार्गलाई पर्यटकीय केन्द्र बनाउँछु : प्रचण्ड

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेर बजेटसमेत छुट्याइएको बताएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेको र त्यसका लागि बजेटसमेत छुट्याइएको थियो ।’

प्रचण्डले थपे, ‘शान्ति सम्झौता भइसकेपछि र हामी सरकारमा गइसकेपछि शहीद मार्गलाई राज्यकै मार्ग बनाइयो। पहिले यो हाम्रो एक्लैको जस्तो मात्र थियो, तर अब राज्यको भएको छ र काम भइरहेको छ। यसलाई पिच गरेर मैकोटलगायत क्षेत्रमा सहज पहुँचयोग्य बनाउने र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो सपना छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?