निर्वाचन हुने भयो भाग लिन्छौँ, अझै वातावरण बनिसकेको छैन : अ‍ोली

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनबारे अझै संशय व्यक्त गरेका छन् ।

निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा समेत ओलीले अझै चुनाव हुने वा नहुनेमा अन्यौलता रहेको दाबी गरे ।

आइतबार गृहजिल्ला झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा पत्रकारहरुले चुनाव हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गरेका थिए ।

‘चुनाव हुने भयो भने हामी भाग लिन्छौँ, चुनावको वातावरणका विषयमा यसै भन्न सकिँदैन अझै पनि,’ ओलीले संशय पैदा गर्दै ओलीले भने, ‘अब त चुनाव हुन्छ भन्ठान्छु म ।’

त्यस्तै बाहिर अझै पनि निर्वाचनको वातावरण बनिनसकेको भन्दै आम नागरिकहरुमा त्रास फैलिएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । साथै आफू झापा क्षेत्र नं ५ का सबै क्षेत्रमा पुगेर मतदाताहरुसँग भोट माग्ने बताए ।

झापा क्षेत्र नं ५ बाट पुनः उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका ओली आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को माहोल देखिएपछि ओलीले तिव्रता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?