काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला सोलुखुम्बुको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की आज नाम्चे पुगेकी छिन् ।
अत्यधिक चिसो र हिउँका कारण मतदानमा असर पर्ने भय बढिरहेका बेला प्रधानमन्त्री कार्की वस्तुस्थिति बुझ्न नाम्चे पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया हुनेछ । प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया