कार्यसम्पादन सुधार्न टेलिकमलाई अध्यक्ष भण्डारीकाे निर्देशन

लोकपथ
84
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अध्यक्ष भण्डारीले वर्तमान हिसाबले काम गर्दा स्थायित्व नहुने बताएका छन् । 

उनले टेलिकमले उठाउने राजस्व खर्चको तुलनामा कमजोर रहेको  बताए । 

‘दीर्घकालीन योजना बनाएर काम गर्न जरुरी छ । अहिले जसरी काम भइरहेको छ, यसले लामो समय दीगो हुन सक्दैन। धेरै क्षेत्रमा ब्यान्डविथसहित ठुलो खर्च भइरहेको छ, यसलाई घटाउन सकिन्छ। यदि राजस्व कमाउने सम्भावना छैन भने खर्च कम गर्नुपर्छ,‘उनले भने

उनले प्राधिकरणले खर्च कम गर्ने उपायमा सल्लाह दिने तयारी रहेको उल्लेख गरे । 

भण्डारीले दूरसञ्चार प्राधिकरण ऐन छिट्टै नयाँ संसदबाट जारी हुनसक्ने जानकारी दिँदै, टेलिकमलाई फाइभजी परीक्षणमा सहुलियत दिएको भए पनि त्यसपछि थप काम गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?