प्रधानमन्त्रीको निर्देशन– ‘निर्वाचनमा एक थोपा रगत नबगोस्, कोही घाइते नहोस्’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भुमिका प्रशंसनीय रहेकाले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताउँदै उनले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन् ।

उनले भनिन्, ‘सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन हुँदै गएका छन् । विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भुमिका प्रशंसनीय छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न म यहाँहरुलाई निर्देशन दिन चाहन्छु । वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?