काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ । मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार, कमिटीको सचिवमा विष्णु रिमाल र सदस्यहरूमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई र हिक्मत कार्की रहेका छन् । यसैगरी रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।
यस्तै। एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ । कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।
यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलिन्टियर्स फोर्स’लाई टोल टोलसम्म गठन गर्न निर्देशन दिएका छन् । गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो । जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो ।
मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोल टोलमा पु¥याउन निर्देशन दिएका हुन् ।
एक सचिवालय सदस्यले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भने, ‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गर्नुपर्छ ।’
बैठकमा प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको पनि ओलीको भनाइ थियो । त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया