रास्वपाको केन्द्रीय समिति बैठक बनस्थलीमा सुरु

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ । केहीबेरअघि रास्वपाको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसेको हो ।

त्यसो त यसअघि रास्वपा सचिवालय बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकको तयारीको लागि सचिवालय बैठक राखिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो पार्टी नेपालको एकता गरेको रास्वपाले सोमबार बृहत राजनीतिक समायोजन सभा गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा गर्ने बृहत राजनीतिक समायोजन घोषणा सभाको तयारी लगायतका विषयमा छलफलका लागि रास्वपाले बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?