कांग्रेस पदाधिकारीबाट समानुपातिकमा आङ्दाम्बेको मात्रै नाम

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा पदाधिकारीबाट समानुपातिकका एक जनाको मात्रै नाम पठाएको छ ।

समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्दाम्बे मात्रै परेका हुन् ।

सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले आङ्दाम्बेको नाम मात्रै बन्दसूचीमा राखिएको बताए ।

त्यसो त कांग्रेसको आजको बैठकले देशभरबाट आएका नामहरुमध्ये ११० जनाको नाम फाइनल गरेर पारित गर्दै निर्वाचन आयोगमा बुझाएको छ ।

नेपाली कांग्रेसमा १३ जना मात्रै पदाधिकारी रहेका छन् । एक जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, एक जना कोषाध्यक्ष र ६ जना सहमहामन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?