काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरूले पनि जेनजी पुस्तालाई चुनौतीको रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
उनले भने, ‘यदि सुशासन दिन सकिएन भने निर्वाचितहरूको म्याण्डेट पनि बिचैमा भंग हुन्छ । जुन कुराको अहिले जेनजी पुस्ताका साथीहरूले पुष्टि गरिसक्नुभएको छ । कसैले म त जागिरमा छु काम गर्न पाइहाल्छु नि भनेर सोच्छ भने यदि जेनजी पुस्ता असन्तुष्ट हुनुभयो भने बिचैमा म्याण्डेट भंग पनि हुनसक्छ । त्यस कारण यसलाई हामी एउटा चुनौतीको रूपमा सम्झिनुपर्छ । यदि हामीले सेवा प्रवाह प्रभावकारी हिसाबले गर्न सकेनौँ र सुशासन कायम गर्न सकेनौँ भने हामीले जेनजी युवाहरूको चुनौती सामना गरिरहनुपर्छ ।’
सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया