काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा शर्माले बालेनसँग भेट गरेका हुन् ।
त्यसो त बुधबारबाटै बालेनले कुपण्डोलमा विभिन्न व्यक्तिहरुसँग भेट गर्दै आइरहेका छन् ।
केही दिनअघि रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका बालेनले नयाँ दल दर्ता गरेर अघि बढ्ने तयारीमा छन् । यसअघिको भेटपछि रविले आफूहरुले बालेनसँग मात्र नभइ कुलमान घिसिङ, जेजनी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङ लगायतलाई समेत भेट गर्ने तयारीमा रहेको बताएका थिए ।
त्यसो त आजै रवि–बालेन–कुलमान–सुनिल शर्मासहित सुदन गुरुङ समेत भेट गर्ने तयारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया