राष्ट्रपतिले तीन शीर्ष नेताहरुलाई छलफलमा बोलाए

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।

मंगलबार (आज) दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा छलफल हुनेछ ।

राष्ट्रपति पौडेलले के विषयमा छलफल गर्न लागेका हुन् भन्ने खुलाइएको छैन । यद्यपि समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?