कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले बुधबार (भोलि) दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठकमा उपस्थित हुन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

त्यसो त आगामी पुस २६ गतेदेखि कांग्रेसले आफ्नो १५औँ महाधिवशेन गर्ने तयारी गरेको छ । यसबिचमा सबै तहका अधिवेशन सक्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले महाधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?