प्रभु बैंकका सीईओ शेरचनसहितका व्यक्तिमाथि अनुसन्धान गर्न फेरि म्याद थप

लोकपथ
217
Shares

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिमाथि अनुसन्धानका लागि म्याद थप भएको छ ।

शेरचनसहितका व्यक्तिहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत मंसिर १४ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ पर्नेहरुमा सीईओ शेरचनसहित सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्य
रहेका छन् ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय चन्द्र बहदुर सारु र गिता प्रसाद तिम्सिनाको वाणिज्य इजलासबाट थप ५ दिन म्याद थप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?