सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा

लोकपथ
1.1k
Shares

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना समूहले सर्वपक्षीय सरकार गठनको मागसहित सोमबार (भोलि) बाट देशभर आन्दोलनको घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ढुंगाना समूहले आन्दोलनको घोषणा गरेको हो ।

ढुंगानाले सोमबार बिहान ११ बजे माइतीघरमा शान्तिपूर्ण आन्दोलनमा उपस्थित हुन आग्रह समेत गरेका छन् ।

भदौ २३ र २४ को आन्दोलन व्यक्तिको ब्राण्ड र नेता बन्ने सिँडी नभएको भन्दै सुशीला कार्की नेतृत्वको सरकारले जेनजीहरुको भावना बुझ्न नसकेको भन्दै आलोचना समेत गरेका छन् ।

‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ ढुंगानाले पत्रकार सम्मेलनमा भनेका छन्, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’

त्यस्तै ०८४ सालमा हुने निर्वाचन ०८२ सालमा गर्नका लागि मात्रै जेनजी आन्दोलन नभएको उनको टिप्पणी छ ।

‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?,’ उनले भनेका छन् ।

त्यसो त पछिल्ला दिनहरुमा जेनजीको ढुंगाना समूहले निरन्तर सरकारको आलोचना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?