आवश्यक प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि लामिछाने

लोकपथ
259
Shares

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

भैरहवा कारागारबाट अड्डासार गरी ललितपुरको नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रियाका लागि शुक्रबार भैरहवा पुगेका थिए ।

जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पुर्‍याएपछि लामिछाने थुनामुक्त भएका हुन् ।

लामिछानेले जिल्ला अदालत रुपन्देहीले गरेको फैसला उपर उच्च अदालत पुगेका थिए । बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्ने, बैंक ग्यारेन्टी सुरक्षित गर्ने लगायत निर्णय गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?