एमाले महाधिवेशन : हालसम्म कति प्रतिनिधिले गरे मतदान ?

लोकपथ
1.6k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा हालसम्म ६५० मत खसेको एमालेको निर्वाचन समितिले जनाएको छ ।

बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान ८० वटा विद्युतीय मेसिनबाट भइरहेको छ । एमाले महाधिवेशनका लागि देशभरबाट २ हजार २ सय ६३ प्रतिनिधि सहभागि भएका छन् ।

मतदान गरेका प्रतिनिधिहरुले दिएको जानकारी अनुसार एउटा प्रतिनिधिलाई मत हाल्नका लागि ३० देखि ४० मिनेट समय लाग्नेछ ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो भने बन्दसत्रसहित मतदानको काम भृकुटीमण्डपमा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?