मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि

लोकपथ
308
Shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन् । 

प्रदेश प्रमुखको सचिवालयका अनुसार शपथग्रहण समारोह बिहान १०:३० बजे तय गरिएको छ ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा एमालेका सरोज यादवले पदबाट राजीनामा दिएपछि कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी प्रस्तुत गरेका थिए । तर लामो राजनीतिक छलफलपछि सात दलले यादवकै पक्षमा सहमति जुटाउँदै नयाँ नेतृत्व तय गरेको हो ।

मधेश प्रदेशको नयाँ सत्ता समीकरणसँगै प्रदेश राजनीतिमा नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?