काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छिन् । उनलाई पदबाट हटाइएको सूचना शुक्रबार जारी गरिएको छ ।
राप्रपाबाट मधेस प्रदेशमा महिलातर्फ समानुपातिक प्रदेश सभा सदस्य रहेकी उनी पार्टी नीतिविपरीत मन्त्री बनेकी थिइन् ।
उनलाई राप्रपाले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको थियो ।
बिच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया