काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ तोकिएको थियो । आजको कारोबार अनुसार मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज ३० रुपैयाँले घटेर ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य घटबढ नियमित बजारका गतिविधि तथा अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार हुने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया