काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले जेनजी आन्दोलनको क्रममा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर जिल्ला फालेलुङ गाउँपालिका–२ घर भएका ४१ वर्षीय जंग बहादुर राई रहेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राईलाई ललितपुर महानगरपालिका–२४, नागदहस्थित आफ्नो कोठाबाट खैरो हेरोइन २८० ग्रामसहित पक्राउ गरेको हो ।
राई २०८० भदौ १७ गते १४२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानासहित सजाय भुक्तान गर्न आदेश दिएको थियो । तर भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी फरार भएका थिए ।
पक्राउ परेका राईविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया