मन्दिरबाट लडेर बालिकाको मृत्यु

लोकपथ
462
Shares

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर सात वर्षीया बालिका अर्पणा नुगो लिम्बूको मृत्यु भएको छ । उनी फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोकी छोरी हुन् ।

शुक्रबार साँझ माङ्हिम मन्दिरको निर्माणाधीन भागबाट लडेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । शव कानुनी प्रक्रिया पुरा गरेर जिल्ला अस्पताल ल्याइएको छ र परीक्षण पछि परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?